६७ औं सहकारी दिवसमा सेतिमदीको सरसफाई
पाेखरा | चैत २०, २०८०
पोखरा: ६७ औं राष्ट्रिय सहकारी दिवस अवसरमा सेतिमदी बचत तथा ऋण सहकारी संस्थाले सरसफाई कार्यक्रम गरेको छ ।
पोखराको हरिचोकदेखि विन्ध्यवासिनी मन्दिरसम्म सेतिमदी सहकारीले सरसफाई कार्यक्रम गरेको हो ।
पोखरा महानगरपालिका २ का वडाध्यक्ष दिवसमान प्रधानांगले सहकारीका अध्यक्ष जयलाल अधिकारीलाई सरसफाईका समाग्री हस्तातरण गर्दै सरसफाई शुभारम्भ गरिएको थियो ।
सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानांगले उक्त कार्यक्रम उदाहरणीय भएको धारणा व्यक्त गरे ।
उनले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताउदै आगामी दिनमासमेत रचनात्मक र सकारात्मक कार्यक्रमलाई सहकारीले निरन्तरता दिनुपर्ने बताएका थिए ।
हरिचोकदेखि विन्ध्यवासिनीसम्म सडक किनारमा फालिएका प्लाष्टिक, प्लाष्टिकजन्य पदार्थहरु तथा बोतल लगायतका फोहोरहरु व्यवस्थापन गरिएको सहकारीका शिक्षा तथा वातावरण उप–समितिका संयोजक प्रेम बहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार सो सहकारीले विगतमा पनि समाजिक उत्तरदायित्व अन्तरगत विभिन्न जनचेतनमूलक कार्यक्रम, रक्तदान लगायतका कार्यक्रम गरिसकेको छ ।
सहकारीमा सुशासन, प्रविधि र एकीकरण भन्ने मूल नाराका साथ देशभर ६७ औं राष्ट्रिय सहकारी दिवस एकसाथ मनाउदै छन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

