६७ औं सहकारी दिवसमा सेतिमदीको सरसफाई
पाेखरा | चैत २०, २०८०
पोखरा: ६७ औं राष्ट्रिय सहकारी दिवस अवसरमा सेतिमदी बचत तथा ऋण सहकारी संस्थाले सरसफाई कार्यक्रम गरेको छ ।
पोखराको हरिचोकदेखि विन्ध्यवासिनी मन्दिरसम्म सेतिमदी सहकारीले सरसफाई कार्यक्रम गरेको हो ।
पोखरा महानगरपालिका २ का वडाध्यक्ष दिवसमान प्रधानांगले सहकारीका अध्यक्ष जयलाल अधिकारीलाई सरसफाईका समाग्री हस्तातरण गर्दै सरसफाई शुभारम्भ गरिएको थियो ।
सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानांगले उक्त कार्यक्रम उदाहरणीय भएको धारणा व्यक्त गरे ।
उनले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताउदै आगामी दिनमासमेत रचनात्मक र सकारात्मक कार्यक्रमलाई सहकारीले निरन्तरता दिनुपर्ने बताएका थिए ।
हरिचोकदेखि विन्ध्यवासिनीसम्म सडक किनारमा फालिएका प्लाष्टिक, प्लाष्टिकजन्य पदार्थहरु तथा बोतल लगायतका फोहोरहरु व्यवस्थापन गरिएको सहकारीका शिक्षा तथा वातावरण उप–समितिका संयोजक प्रेम बहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार सो सहकारीले विगतमा पनि समाजिक उत्तरदायित्व अन्तरगत विभिन्न जनचेतनमूलक कार्यक्रम, रक्तदान लगायतका कार्यक्रम गरिसकेको छ ।
सहकारीमा सुशासन, प्रविधि र एकीकरण भन्ने मूल नाराका साथ देशभर ६७ औं राष्ट्रिय सहकारी दिवस एकसाथ मनाउदै छन् ।
काठमाडौँ: रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनु...
पोखरा: २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ । मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

